प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपाल २०२० को आवेदन खुला

Advertisement

काठमाडौं । डाबर नेपालको एक लोकप्रिय ब्रान्ड प्रोस्टाइलले ग्रुप अफ इभेन्ट ईन्टरटेनर (जीईई)संग सम्झौता गर्दै प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपाल २०२० प्रतियोगिताको शीर्ष प्रायोजन गर्ने भएको छ ।

प्रोस्टाइलले ग्रुप अफ इभेन्ट ईन्टरटेनर (जीईई) सँगै २३ डिसेम्बर २०१९ मा जावलाखेलको रेन रेष्टुरेन्टमा आयोजना गरिएको एक समारोहबीच प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपाल २०२० को आवेदन खुला गरिएको जनाएको छ । यो संगसंगै प्रोस्टाईल लगातार सातौं वर्ष यस प्रतियोगिताको प्रमुख प्रायोजक हुने भएको छ। उक्त कार्यक्रममा मिडियाकर्मी, पूर्व म्यानहन्ट विजेताहरु तथा अन्य प्रमुख व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सोही प्रतियोगितामा भाग लिनका लागि प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपालको फेसबुक पेजमा लगइन गरी फर्म डाउनलोड गर्न सकिनेछ । त्यस्तै प्रतियोगितामा भाग लिन नेपाली पुरुष १८ देखि ३४ वर्षको हुनुपर्ने, कम्तिमा उचाई ५ फिट ८ इन्च भइ प्लस टु तह उत्तीर्ण भएको हुनपर्नेछ । प्रतियोगिताको ग्रान्ड फिनाले मार्च २०२० मा काठमाण्डुमा हुनेछ भने विजेताले नेपाललाई म्यानहन्ट इन्टरनेशनल २०२० मा प्रतिनिधित्व गर्नेछ । दोस्रो र तेस्रो हुने विजेताहरुले क्रमशः मिस्टर इन्टरनेशनल र मिस्टर ग्लोबलमा नेपाललाई प्रतिनिधित्व गर्नेछन् ।

डाबर नेपालका सेल्स एवम् मार्केटिंग प्रमुख उपेन्द्र प्रधानले डाबर नेपालले जीईईसँग साझेदारी गरी धेरै वर्षदेखि सफलतापूर्वक यस प्रतियोगिता आयोजना गर्दै आइरहेको बताए ।

Advertisement

Advertisement

Advertisement