अपराधमा संलग्न भन्दै एकैपटक ९७ जना चिनियाँहरु पक्राउ

Advertisement

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले अपराधमा संलग्न रहेको भन्दै ९७ जना चिनियाँहरुलाई पक्राउ गरेको छ । उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार उनीहरुलाई मनमैंजु र बाँसबारीस्थित दुई घर र बुढानिलकण्ठस्थित एक घरमा छापा मारेर नियन्त्रणमा लिइएको हो । त्यहाँ उनीहरु डेरा लिएरै बसेका थिए । अपराधमा संलग्न भनिए पनि के कस्तो अपराध ? भन्ने कुरा प्रहरीले स्पष्ट नखुलाए पनि नेपालमा बसेर इन्टरनेटमार्फत चीमा आर्थिक अपराधमा संलग्न रहेको आशंका गरिएको छ ।

Advertisement

Advertisement

Advertisement