नेपालका सडकमा ४५० भन्दा बढी निशान किक्स गाडी, यस्ता छन् अफर

Advertisement

काठमाडौं । नेपालका लागि निशान र ड्याटसनका गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले नेपालभरी ४५० भन्दा बढी निशान किक्स बिक्री भएको उपलक्ष्यमा ग्राहकहरुलाई बिषेश लाभ सहितको योजना ल्याएको छ ।

अफर मार्फत ग्राहकहरुले लगभग रु ४,५०,००० बराबरको लाभहरू पाउन सक्नेछन् । यसै अन्तर्गत मुख्यत रु २,५०,००० सम्मको भारी नगद छुट, एक लाख रुपैंया बराबरको एक्सचेन्ज बोनस वा ब्रान्ड न्यू आइफोन ११ (१२८ जीबी) पाउने छन् ।

अन्य उपहार स्वरुप ग्राहकहरूले निःशुल्क बश्चको हाई प्रेशर वाशर, एक वर्षको सवारी बीमा र सडक करका साथै तीन वर्षसम्मको वारेन्टी सहित तीनै वर्षसम्म निःशुल्क गाडी सर्भिसिङ सुविधा पाउन सक्नेछन् ।

निशान किक्स नेपाली बजारमा भित्रिइको केहि महिनामै ग्राहकहरुको मन र बिश्वास जित्न सफल भएको कम्पनीले दाबी गरेको छ।

Advertisement

Advertisement

Advertisement