नेपाल टेलिकमको एजीएम पुस २९ गते, शेयरधनीलाई कति बाँड्दैछ लाभांश ?

Advertisement

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) ले शेयरधनीहरुलाई आव २०७५/०७६ को नाफाबाट प्रति शेयर ४५ रुपैयाँका दरले नगद लाभांश दिने घोषणा गरेको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । नेपाल सरकारबाट स्वीकृति प्रदान र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिने छ ।

यसैबीच, नेपाल टेलिकमको बाह्रौँ वार्षिक साधारण सभ(एजीएम) पुस २९ गते दिउँसो १ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेलमा हुने भएको छ । साधारण सभा प्रयोजनका लागि पुस १५ गतेदेखि २९ गतेसम्म कम्पनीको शेयर दाखिला खारेजको काम बन्द(बुक क्लोज) गरिने सञ्चालक समितिले निर्णय गरेको छ ।

Advertisement

Advertisement

Advertisement