सुनको मूल्य उकालो लाग्ने क्रम जारी, आज पनि तोलामा तीन सयको वृद्धि

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार ७१ हजार नौ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज तीन सय रुपियाँले बढेर प्रतितोला ७२ हजार दुई सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७१ हजार नौ सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ९०० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार ६४५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८७५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७५० रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement