लुम्बिनी विकास बैंकको साधारण सभा पुस २९ गते, २० प्रतिशत लाभांश पारित गर्ने

Advertisement

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे अमृतभोग कालीकास्थान काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको कम्पनी सचिव हरिकृष्ण सुवेदीले जनाएका छन् ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०७५÷७६ को नाफाबाट हाल कामय चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर पारित गर्नेछ ।

बैंकको हाल कायम चुक्ता पूँजी २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार ५५१ रुपियाँ रहेकोमा बोनस शेयर वितरणपछि २ अर्ब ७१ करोड ६३ लाख ११ हजार ७२८ रुपियाँ पुर्याउने प्रस्ताव समेत साधारण सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि पुस २३ गतेदेखि २९ गतेसम्म शेयर दाखिला खारेजको काम बन्द(बुक क्लोज) गर्ने निर्णय समेत सञ्चालक समितिको बैठकले गरेको छ ।

अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर र एक्वीजिशन गर्ने कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव साधारण सभाले पारित गर्ने कम्पनी सचिव सुवेदीले जनाएका छन् ।

 

Advertisement

Advertisement

Advertisement