अब गण्डकी प्रदेशमा पनि महिन्द्राका नयाँ मोडल ‘एक्सयूभी–३००’

Advertisement

काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटेडले महिन्द्राको स्पोर्ट्स यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–३००’ काठमाडौं पछि गण्डकी प्रदेशमा पनि बिक्रि शुरु गरेको छ । ‘एक्सयूभी–३००’ गाडीलाई प्रदेश ४ का उद्योग, पर्यटन र पर्यावरणमन्त्री विकास लम्साल र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

समारोहमा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने, ‘एक्सयूभी ३००’ गण्डकी प्रदेशमा उपलब्ध गराउन पाउँदा उत्साहित छौं, जुन अपेक्षा गरेझैं नयाँ पुस्ताका महिन्द्रा गाडीहरु मध्येको नवीनतम भेट हो । मलाई विश्वास छ, नयाँ जमानाको दृष्यता र उच्च प्रविधियुक्त विशेषताहरूयुक्त एक्सयूभी ३०० लोकप्रिय हुनेछ ।

यसमा आकर्षक सन रुफको साथै, एलईडी डेटाइम रनिङ्ग–लाइट, पुश स्टार्ट–स्टपबटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोललगायतका विशेषता उपलब्ध छन् । मुटुको धडकन बढाउने खालको उल्लास पेट्रोल र डिजेलको टर्बो चार्ज हुने सवारी सञ्चालन संयन्त्र (पावरट्रेन) प्रणालीले कुशलातापूर्वक इन्जिनको शक्ति उपयोग गर्छ र व्यापक सञ्चालनका तहहरूमा टर्क उपलब्ध गराइ रोमाञ्चकता प्रदान गर्ने कुरालाई सुनिश्चित गर्छ ।

यो एसयूभीडब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोल मा डब्लु ४ वर्गका लागि ३९ लाख ७५ हजार रुपियाँ र डब्लु ८ (अप्शनल) वर्गका लागि ५६लाख ५० हजार रुपियाँ पर्नेछ । त्यस्तै गरि डिजेलमा डब्लु ४ वर्गका लागि ४१ लाख २५ हजार रुपियाँ, डब्लु ६ वर्गका लागि ४५ लाख रुपियाँ, डब्लु ८ वर्गका लागि ५१ लाख ५० हजार र डब्लु ८ (अफ्सनल)वर्गका लागि रु ५७ लाख २५ हजार रुपियाँ तोकिएको छ र यी सवारीसाधनहरू नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुनेछ ।

यो एसयूभी६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोलीब्लाक, डी–स्याटसिल्भर मा उपलब्ध छ भने एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ । एक्सयूभी ३०० मा थुप्रै फर्ट इन सेग्मेन्ट सेफ्टीफिचर समेत दिइएको छ । सातवटा एयरब्याग, चारै चक्कामाडिस्क–ब्रेक, १७इन्चअलोय–ह्वील, ईबीडी तथा एबीएस जस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० निकै सुरक्षीत गाडी बनेको कम्पनीको दाबी छ ।

नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरका साथै ३५ सय आरपीएममा २०० एनएम–टर्क उत्पादन गर्छ । साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरका साथै १५ सय २५ सय आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ । यो गाडीले युवा पुस्तालाई आकर्षित गर्नेछ ।

एक्सयूभी ३०० कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वाक सञ्चालन गर्ने सुविधा प्राप्त हुन्छ भने स्पोर्ट मोर्डले उच्च गति र जोशका लागि ग्राहाकको आवश्यकता पूरा हुनेमा कम्पनी विश्वस्त छ ।

Advertisement

Advertisement

Advertisement