पूर्व सभासद् भट्टराईको नेतृत्वमा रौतहटका उखु किसानले उद्योगमन्त्री भट्टलाई भेटे

Advertisement

काठमाडौँ । रौतहट जिल्लाका पूर्व सभासद् रामकुमार भट्टराईको नेतृत्वमा उखु उत्पादन संघ रौतहटका पदाधिकारीहरुले मंगलबार उद्योग मन्त्री लेखराज भट्टलाई भेट गरेका छन् ।

उक्त अवसरमा रौतहट जिल्लाको गरुडामा रहेमा श्रीराम सुगर मिल्स सञ्चालन र किसानहरुको बाँकी बक्यौता रकम भुक्तानीबारे मन्त्री भट्टको ध्यानाकर्षण गराइएको थियो ।

पूर्व सभासद् भट्टराई सहितको उखु किसानहरुको टोली समक्ष मन्त्री भट्टले श्रीराम सुगर मिल सञ्चालन र किसानको भुक्तानीका लागि आफूले पहल गर्ने र यसबारेमा बिहीबार मन्त्रायलयमा सम्बन्धित पक्षको बैठक राखी अन्तिम टुंगो लगाउने बताएको संघका कोषाध्यक्ष मनोज सहनीले जानकारी दिए ।

उद्योगमन्त्री भट्टलाई भेट्न गएको टोलीमा पूर्व उद्योग मन्त्री तथा सांसद अनिलकुमार झा, सांसद सरला यादव, रेखा झा, प्रदेश सांसद नागेन्द्र राय यादव लगायत उखु उत्पादक संघ रौतहटका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

श्रीराम सुगर मिल्सले उखु क्रसिङ सिजन २०७१/७२ को १२ करोड र क्रसिङ सिजन २०७५/७६ को ३० करोड गरी ४२ करोड रुपैयाँ किसानहरुलाई भुक्तानी दिन बाँकी छ ।



यो समाचार पनि पढ्नु होला:

चिनी मिल नचल्दा २० लाख क्वीन्टल उखु अलपत्र, किसानले पाएनन् ४२ करोड भुक्तानी

Advertisement

Advertisement

Advertisement