डा. चन्द्रमणि अधिकारी गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त

Advertisement

काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको कार्यकारी निर्देशकमा डा. चन्द्रमणि अधिकारी नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मुटुरोग विशेषज्ञ डा अधिकारीलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको बुझिएको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालको प्रस्तावमा मन्त्रिपरिषद बैठकले अधिकारीलाई चार बर्षे कार्यकालका लागि नियुक्त गरेको मन्त्री परिषद् श्रोतले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement