नेपाल आयल निगमको साधारण सभा पुस २९ गते, २० प्रतिशत नगद लाभांश स्वीकृत गर्ने

Advertisement

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको अठ्तीसौँ वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । अपरान्ह ३ बजे नेपाल आयल निगमको कार्यालय बबरमहल काठमाडौँमा साधारण सभा हुने भएको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्वात गरे अनुसार चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश स्वीकृत गर्नेछ ।

नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको कम्पनीले नेपाल सरकारको पूर्व स्वीकृति लिएर मात्र वितरण गर्न सक्ने व्यवस्था रहेकाले प्रस्तावित लाभांश नेपाल सरकारको स्वीकृति पछि मात्र वितरण गरिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement