वार्षिकोत्सवको अवसरमा सिद्धार्थ बैंकको विशेष छुट योजना

Advertisement

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको सुविधाको लागि विशेष छुटको योजना ल्याएको छ । १७ औं वार्षिकोत्सवलाई लक्षित गरी बैंकले पुस ९ गतेदेखि माघ १० गतेसम्म लागू हुने गरी छुट योजना ल्याएको हो।

यस्ता छन् बैंकले दिने छुट योजनाः

–दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा १५ प्रतिशतसम्म (अधिकतम ५०० रुपियाँ) छुट

–पहिलो दुई पटक ५०० रुपियाँ वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ५०० रुपैयाँ क्यास ब्याक

–पहिलो दुई पटक ५०० रुपियाँ वा सो भन्दा बढि रकमको पीओएस मेसिन मार्फत् कारोबार गर्दा ३८२ रुपियाँ क्यास ब्याक

–एक महिना भित्र कम्तिमा तीन पटक गरी कुल १५ हजारको पीओएस मेसिन मार्फत् कारोबार गर्दा एक हजार रुपियाँ क्यास ब्याक

–बैंक स्मार्ट मार्फत् पहिलो पटक अधिकतम ५०० रुपियाँको मोबाइल टप अप गर्दा २० प्रतिशत क्यास ब्याक

बैंकले देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ सेवा, १९५ एटिएम र १ हजार ६ सय भन्दा बढी पस मेसिन मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Advertisement

Advertisement

Advertisement