यी पाँच वित्तीय संस्थाले डाके एकै दिन वार्षिक साधारण सभा

Advertisement

काठमाडौँ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको प्रथम वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । बिहान ८ बजे संस्थाको केन्द्रीय कार्यालय चोहवा सिरहामा साधारण सभा हुने भएको हो ।

यसैगरी धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रथम वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । बिहान ९ बजे धौलागिरि सामुदायिक श्रोत विकास केन्द्रको सभाहल बागलुङमा सधारण सभा हुने भएको हो ।

यता, नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । बिहान ११ बजे इन्द्रावती सामुदायिक सेवा केन्द्र सिन्धुपाल्चोकमा साधारण सभा हुने भएको हो । साधारण सभाले चुक्तापूँजीको २.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि पुस १६ गतेदेखि २९ गतेसम्म शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) हुनेछ ।

त्यसैगरी सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रथम वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । बिहान ११ बजे होटल दली राजन बागलुङ बजारमा साधारण सभा हुने भएको हो ।

यता, समृद्धि फाइनान्स कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । बिहान १० बजे होटल सामना हेटौँडामा साधारण सभा हुने भएको हो । साधारण सभाले १ः१.२ का दरले २१ लाख ८३ हजार ७६४ कित्ता हकप्रद रु. १०० अंकित दरले जारी गर्ने प्रस्ताव पारित हुनेछ । साधारण सभा प्रयोजनका लागि पुस २२ गतेदेखि २९ गतेसम्म बुक क्लोज हुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement