दुई वित्तीय संस्थाले मागे कर्मचारी, कुन पदमा कति ? कहिलेसम्म दिने आवेदन ?

Advertisement

काठमाडौँ । कमलादी काठमाडौँमा मुख्य कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीमा रोजगारीको अवसर खुलेको छ ।

कम्पनीले लिगल एड्भाइजर, असिस्टेण्ट म्यानेजर(कम्पनी सेक्रेटरी), ब्राञ्च म्यानेजर, बिजनेश डेभलपमेन्ट मार्केटिङ र ट्रेनी असिस्टेण्ट पदमा कर्मचारी माग गरेको हो । सम्बन्धित पदमा योग्यता पुगेका व्यक्तिहरुले बुधबारदेखि १५ दिन भित्र आवेदन दिन सक्ने फाइनान्स कम्पनीले सूचना मार्फत जनाएको छ ।

त्यसैगरी बनेपा काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा ३८ जना कर्मचारी माग गरेको छ । नायब प्रबन्धक ४ जना, उपप्रबन्धक २ जना, बरिष्ठ सामुदायिक विकास परिचालक २ जना, सामुदायिक विकास परिचालक ५ जना र नायब सामुदायिक विकास परिचालक २५ जना माग गरेको हो ।

सम्बन्धित पदमा योग्यता पुगेका इच्छुक व्यक्तिहरुले १५ दिन भित्र आवेदन दिन सक्ने वित्तीय संस्थाद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement