‘ब्ल्याक पिंक डान्स फेस्टिवल’का उत्कृष्ट १० प्रतिष्पर्धी समूह छनौट

Advertisement

काठमाडौं । ‘ब्ल्याक पिंक डान्स फेस्टिवलका उत्कृष्ट १० प्रतिष्पर्धी समूह छनौट गरिएको छ । प्रतियोगिताका लागि इच्छुक करिब २०० प्रतिष्पर्धीलाई उछिन्दै अन्तिम प्रतिष्पर्धाका लागि १० प्रतियोगी समूह छनौट भएका हुन् ।

प्रतिष्पर्धाका लागि निर्धारित ३ जनाको जुरी समूहले प्राप्त भिडियोहरु मध्येबाट उत्कृष्ट १० प्रतियोगीको समुहलाई छनौट गरेको हो । मंगलबार छनौट गरिएका ती प्रतियोगि टिममा क्रमशः H2B (Hearts To Beat), CELESTIAL, Dreaming in   KPOP, CREDO-IN CREW, Deepika Tamang, Samir Khatri, Sky little wings, T-gans, 3APM र Lagom  छन् ।

डिसेम्वरको २८ तारिकमा काठमाडौंको सिल्भर ओके ब्याङ्क्वेट एण्ड इभेन्ट सेन्टर गैरीधारामा हुन लागेको कोरियन म्युजिक डान्समा सहभागिता जनाउनका लागि सहभागिता जनाउन चाहने ब्यक्ति वा समूहले कुनैपनि के पप सङमा १ मिनेटको नाच रेकर्ड गरी सामसङ नेपालको आधिकारिक वेवसाइटमा त्यो भिडियो उपलब्ध गराउनु पर्ने प्रावधान तय गरिएको थियो ।

छनौटमा परेका १० प्रतिष्पर्धीले सामसङ नेपालका तर्फवाट ५/५ हजार भन्दा बढीको गिस्ट ह्याम्पर प्राप्त गर्ने छन् भने प्रतिष्पर्धाको दोस्रो चरण अर्थात २८ डिसेम्वरमा आयोजना हुने फाइनल राउण्डमा ४ सय भन्दा बढी दर्शकबीच कोरियन संस्कृतिले भरिपूर्ण डान्स गर्ने अवसर प्राप्त गर्ने छन् । त्यसक्रममा कोरियन संस्कृति झल्काउने किसिमले सहभागी दर्शकले समेत विभिन्न खालका ग्रिफ्ट समेत प्राप्त गर्ने छन् ।

फाइनलमा पुगेका १० टिम मध्ये टप थ्री मा पर्ने टिमले सामसङ नेपालकातर्फवाट बिशेष पुरस्कार प्राप्त गर्ने छन् । जसमा प्रथम हुने टिमलाई चार सेट सामसङ ए८० फोन, द्वितीय हुनेलाई सामसङ ए५०एस र तृतीय हुनेलाई सामसङ ए३०एस फोन सेट उपलब्ध हुनेछ ।

के पप विदेशी बजारमा निकै प्रचलित कोरियाको संस्कृति झल्काउने सांगीतिक कार्यक्रम हो । नेपाली बजारमा रहेका गीत/संगीतका प्रेमीहरुलाई पनि त्यो अवसरमा सहभागिता जनाउने, आफ्नो कला देखाउने र यस्ता गीत/संगीत प्रति इमोसनल्ली एट्याच हुने अवसर सृजना गर्ने उद्देश्यले सामसङले यसै बर्षदेखि नेपालमा यो अभियानको शुरुवात गरेको हो । नेपालमा कोरियन गीत विगत देखि नै निकै पपुलर छ ।

Advertisement

Advertisement

Advertisement