नेप्सेमा सानिमा बैंकको ५० हजार कित्ता ऋणपत्र किनबेच

Advertisement

काठमाडौँ । धितोपत्रको दोश्रो बजारमा ऋणपत्रको कारोबार हुन थालेको छ । बुधबार ठूलो संख्यामा सानिमा बैंकको ऋणपत्र किनबेच भएको हो ।

सानिमा बैंकको संस्थापक ५० हजार कित्ता ऋणपत्र प्रतिकित्ता रु. ९६३ का दरले किनबेच भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले अनलाइन कारोबार प्रणाली मार्फत ऋणपत्रको कारोबार गर्न सकिने गरी बजार बिस्तार गरेको बताएको छ ।

नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदे अनलाइन कारोबार प्रणालीमा ऋणपत्रको समेत कारोबार गर्न सकिने बताए । नेप्सेले ऋणपत्रको बजार बिस्तार गरेको र अब लगानीकर्ताले चाहेमा ऋणपत्रको सजिलै कारोबार हुने साउदले जानकारी दिए ।
–आर्थिक अभियानबाट

Advertisement

Advertisement

Advertisement