प्रोग्रेशिभ फाइनान्स र साना किसान लघुवित्तमा ३२ जनालाई जागिरको अवसर, आवेदन दिने कहिलेसम्म ?

Advertisement

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स र साना किसान विकास लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर खुलेको छ ।

प्रोग्रेशिभ फाइनान्सले एक्सक्युटिभ म्यानेजर १ जना, असिस्टेन्ट म्यानेजर १ जना, ब्राञ्च म्यानेजर ४ जना(ललितपुर, इटहरी, हेटौँडा, भरतपुर), क्रेडिट इञ्चार्ज २ जना, सिनियर असिस्टेन्ट ४ जना, असिस्टेन्ट ४ जना र जुनियर असिस्टेन्ट ४ जना माग गरेको हो ।

सम्बन्धित पदमा योग्यता पुगेका व्यक्तिहरुले जनवरी ९ तारिखसम्म इमेल मार्फत आवेदन दिन सक्ने फाइनान्सद्वारा प्रकासित सूचनामा उल्लेख छ ।

यता, साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १२ जना कर्मचारी माग गरेको छ । मुख्य प्रबन्धक १ जना, वरिष्ठ प्रबन्धक ३ जना, वरिष्ठ अधिकृत ३ जना र वरिष्ठ सहायक ५ जना माग गरेको हो । पुस १० गतेदेखि माग १० गतेसम्म सम्बन्धित पदमा योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइन मार्फत आवेदन दिन सक्ने लघुवित्तद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement