पूर्वसचिव शान्तबहादुर श्रेष्ठको ५६ वर्षको उमेरमा निधन

Advertisement

काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठको ५६ वर्षको उमेरमा निधन भएको छ ।

निमोनियाको उपचारका क्रममा आज विहान ५ बजे त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा पूर्व सचिव श्रेष्ठको निधन भएको हो ।

शिक्षा, स्वास्थ्य र स्थानीय विकास मन्त्रालयको सचिवका रुपमा उनले काम गरेका थिए । सचिव हुनु अघि उनी आन्तरिक राजस्व विभागका महानिर्देशक रहेका उनको ३ छोरी र १ छोरा रहेको पारिवारिक श्रोतले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement