जनउत्थान सामुदायिक लघुवित्तद्वारा शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश दिने घोषणा

Advertisement

काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले आव २०७५/७६ को नाफाबाट हाल कायम चुक्ता पूजीको २५ प्रतिशत बोनस शेयर र उक्त बोनस शेयर भुक्तानी गर्दा लाग्ने कर बापत १.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले जनाएका छन् ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुने कम्पनी सचिव पोख्रेलले बताए ।

Advertisement

Advertisement

Advertisement