पुस १२ गते ‘सुपर स्याटरडे’को आयोजना, सुजुकी कार किन्दा पाइन्छ विशेष छुट

Advertisement

काठमाडौँ । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदो पुस १२ गते ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ । उक्त दिन सुजुकीका चारपांग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउने कम्पनीले जनाएको छ ।

‘सुपर स्याटरडे’ मा ग्राहकले नियमित शोरुम छुटभन्दा बढी नगद छुट पाउने छन् । साथै, ग्राहकहरुले सो दिन अधिकतम एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बीमा र स्वामित्व हस्तान्तरणको सुविधा पनि पाउने छन् । यो अफर पुस १२ गते एक दिनका लागि मात्र देशभरका सबै ३६ वटा डिलरसिपमा लागू हुनेछ ।

नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेन्ज’ रहेको छ । हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको विक्री गर्दै आएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement