तीस हजार घुससहित महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत र लेखापाल अख्तियारको नियन्त्रणमा

Advertisement

काठमाडौँ । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसी ३० हजार घुस रकम लिइसकेको अवस्थामा पक्राउ परेका छन् ।

बिज्ञापन गरेको रकम भुक्तानी दिंदा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको हो । सोही उजरीका आधारमा आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले लेखा अधिकृत घिमिरे र लेखापाल केसीलाई मंगलबार घुस रकम सहित पक्राउ गरेको हो । ।

नगरपालिका कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएका दुवैजनाको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement