प्राइम लाइफको एकैपटक तीन नयाँ शाखाको उद्घाटन

Advertisement

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश ५ अन्तर्गत वुटवलमा एकैदिन ३ कार्यालयको उद्घाटन गरेको छ । कम्पनीले बिहीबार दाङ जिल्लाको भालुबाङ, रुपन्देहीको रामापुर र नवलपरासीको बर्दघाटमा तीन वटै कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त तीनै कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै भट्टराईले कम्पनीको ब्यवसाय बृद्धि गर्ने क्रममा ग्राहकलाई थप छिटो, छरितो सरल र सहज रुपमा जीवन बीमा सेवा पु¥याउने उद्देश्यले नयाँ सम्पर्क कार्यालयहरु स्थापना गरीएको बताए ।

साथै, उनले समग्रमा हेर्दा कम्पनिको हालको अबस्था, लगानी, प्रतिफल, चुक्ता पुँजी, जीवन बीमा कोष लगायतका हरेक सुचकहरु अत्यन्त सबल रहेको र कम्पनि अत्यन्तै मितब्ययी ढंगले अगाडी बढेको जानकारी गराए ।

कम्पनीले बजारमा ल्यायका विभिन्न बीमा योजनाहरुको बारेमा जानकारी गराउदै गत वर्षबाट बीमा बजारमा आएको बीमा क्षेत्रकै अत्यन्तै नौलो र फरक बीमा योजना प्राइम जीवन उपहार बीमा योजनाको बारेमा थप जानकारी गराउदै यो बीमा योजना नेपाली बीमा बजारमा पृथक र ग्राहक मैत्री भएको भट्टराईले प्रस्ट्याएका छन् ।

कम्पनीका ५ नं. प्रदेश कार्यालय बुटवलका प्रमुख शिव प्रसाद पौड्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कम्पनीका सम्बन्धित शाखाका शाखा प्रमुखको सञ्चालनमा भएको थियो ।

Advertisement

Advertisement

Advertisement