खुकुरी रमको प्रायोजनमा ‘खुकुरी सांगीतिक महोत्सव’ आयोजना हुने

Advertisement

काठमाडौं । खुकुरी रमको उत्पादक नेपाल डिस्टिलरी प्रालीले प्रायोजन गरेको ‘खुकुरी सांगीतिक महोत्सव’ आयोजना हुने भएको छ । यही डिसेम्बर २८ तारिखमा दिउसो २ बजेदेखि राति १० बजेसम्म महोत्सव आयोजना हुन लागेको हो ।

नेपाली युवाहरुलाई खुकुरी रमका विभिन्न स्वादसँगै मनपर्ने संगीतकारहरुको प्रत्यक्ष प्रस्तुति अनुभव दिलाउने उद्देश्यले यो सांगीतिक महोत्सवको आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । कार्यक्रममा खुकुरीका विभिन्न पेय पदार्थमध्ये ‘हट रम पन्च’ कक्टेल मुख्य आकर्षण रहने कम्पनीको भनाई छ ।

पहिलो पटक आयोजना हुन गइरहेको यस महोत्सवमा बिक्की गुरुङ, बर्तिका इयम राई, विपुल क्षेत्री, द एलिमेन्ट्स, भेक, ब्लुज एण्ड स्पार्क, पहेंलो बत्ति मुनि तथा ५ः५५ जस्ता कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ भने फिन्जोक, बिकी कुल, बिपिएम, विधान, नील, मनिष र पल टेन जस्ता नाम चलेका डिजेहरुले पनि आफ्नो संगीत प्रस्तुत दिनेछन् ।

यसअघि खुकुरी रमले ‘खुकुरी म्युजिक टुर’ नामक स्थानीय सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको थियो ।

Advertisement

Advertisement

Advertisement