फोहोरमैला बोकेका गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु

Advertisement

काठमाडौँ । काठमाडौँबाट सिसडोल जाँदै गरेको फोहोरमैला बोकेको गाडी आज बिहान दुर्घटना भएको छ ।

काठमाडौँ र नुवाकोट जिल्लाको सीमाना स्थित कोट भन्ने स्थानमा उक्त गाडी दुर्घटना हुँदा २ जनाको ज्यान गएको ककनी गाउँ पालिका वडा नम्बर १ का वडाध्यक्ष चन्द्र बलालीले जानकारी दिएका छन् ।

दुर्घटना स्थलमा उद्धार कार्य जारी रहेको र घटनामा परी उक्त गाडीका चालक तथा सहचालकको ज्यान गएको छ । उनीहरुको नाम खुल्न सकेको छैन ।

Advertisement

Advertisement

Advertisement