सुनको मूल्य निरन्तर उकालो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार ७२ हजार आठ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज पाँच सय रुपियाँले बढेर प्रतितोला ७३ हजार तीन सय रुपियाँ नै कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७३ हजार रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६२ हजार ८४५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६२ हजार ५९० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य स्थिर रहेर ८९० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७६३ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement