नेपाल–श्रीलङ्का दौत्य सम्बन्धको ६०औँ वर्ष महोत्सवको हुलाक टिकट प्रकाशनमा

Advertisement

काठमाडौं । नेपाल–श्रीलङ्का दौत्य सम्बन्धको ६०औँ वर्ष महोत्सवको हुलाक टिकट प्रकाशनमा ल्याइएको छ । नेपाल फिलाटेलिक सोसाइटीद्वारा प्रकाशित सो टिकटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले आज टाँचा लगाई प्रचलनमा ल्याए।

सन् १९५७ जुलाई १ मा नेपाल–श्रीलङ्का कूटनीतिक सम्बन्ध स्थापनाकालदेखि नै सदैव शान्त र समृद्ध रहँदै आएको छ । दुई देशको सम्बन्ध पूर्ण सद्भाव, आपसी समझदारी तथा सहयोगमा आधारित रहँदै आएको पाइन्छ । सन् १९७५ मा नेपालद्वारा श्रीलङ्काको राजधानी कोलम्बोमा वाणिज्य दूतावास स्थापना गरी प्रारम्भ भएको कूटनीतिक सम्बन्ध सन् १९९५ मा दूतावास स्थापना भएपश्चात थप प्रगाढ भएको थियो ।

टिकटमा टाँचा लगाउँदै सचिव सुवेदीले श्रीलङ्कासँगको कूटनीतिक सम्बन्धलाई अझै प्रगाढ बनाउँदै व्यापारिक सम्बन्धलाई थप अगाडि बढाउनुपर्नेमा जोड दिए। नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुणातिलकाले नेपाल र श्रीलङ्काबीचको सम्बन्ध कूटनीतिक मात्र नभएर आर्थिक र सामाजिकसँग समेत जोडिएको बताए ।

Advertisement

Advertisement

Advertisement