गरिमाको शाखा काठमाडौंको जोरपाटीमा पनि

Advertisement

काठमाडौं । गरिमा विकास बैंकले शुक्रबार गोकर्णेश्वर–५, जोरपाटीमा नयाँ शाखा सुरु सञ्चालनमा ल्याएको छ । शाखाको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे उद्घाटन गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधासहित जोरपाटी शाखा सञ्चालनमा ल्याएको बताउँदै शाखा विस्तारले यस क्षेत्र औद्योगिक तथा व्यवसायिक विकासमा योगदान पुग्ने बताए ।

गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र १० वटा शाखासहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । यस बैंकले गत कार्तिक २५ गतेसम्म ३७ अर्ब निक्षेप संकलन गरी करिब ३२ अर्ब ९० करोड रुपियाँ कर्जा लगानी गरेको छ ।

Advertisement

Advertisement

Advertisement