सामसङले सञ्चालन गरेको ‘ब्ल्याक पिंक डान्स फेस्टिवल’को उपाधी 'सेलेस्टाइल'लाई

Advertisement

काठमाडौं । सामसङ नेपालले सञ्चालन गरेको ‘ब्ल्याक पिंक डान्स फेस्टिवल २०१९’ को उपाधी सेलेस्टाइल टिमले हात पारेको छ । उत्कृष्ट १० प्रतिस्पर्धी समूहलाई पछि पार्दै सेलेस्टाइलले ‘ब्ल्याक पिंक डान्स फेस्टिवलको उपाधी हात पार्न सफल भएको हो ।

प्रतियोगितामा सहभागिता जनाएका झण्डै २०० प्रतिस्पर्धीलाई उछिन्दै अन्तिम प्रतिस्पर्धाका लागि छानिएका १० प्रतियोगी समूहमध्येबाट उक्त टिम आफूलाई अब्बल सावित गर्न सफल भएको सामसङ नेपालले जनाएको छ ।

शनिबार सम्पन्न प्रतिस्पर्धामा कोरियन म्युजिक डान्समा सहभागिता जनाएका समूहले विभिन्न के पप सङमा आफ्नो डान्स प्रस्तुत गरेका थिए । त्यसरी आफ्नो डान्स प्रस्तुत गर्नेहरुमध्येवाट प्रतिस्पर्धाका लागि निर्धारित ३ जनाको जुरी समूहले विजेता घोषणा गरेको हो ।
प्रतियोगितामा थ्रीएपीएम समूह दोस्रो भएको छ भने क्रेडो–इन क्रिउ समूह तेस्रो भएको छ । विजेतामध्ये प्रथम हुने टिमले चार सेट सामसङ ए८० फोन, दोस्रो हुनेले सामसङ ए५०एस र तेस्रो हुनेले सामसङ ए३०एस फोन सेट प्राप्त गरेका छन् ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका लागि गत मगलबार अन्तिम १० प्रतियोगी छनौट भएका थिए । ती प्रतियोगी टिम क्रमशः एच२बी (हर्ट टू विट), सेलेस्टाइल, ड्रिमिङ इन के पप, क्रेडो–इन क्रिउ, दिपिका तामाङ, समिर खत्री, स्काई लिटिल विङ्स, टि–ग्याङ्स, थ्रीएपीएम र लागोम एक्स थिए । उनीहरुलई शुरुमा कुनै पनि के पप सङमा १ मिनेटको नाच रेकर्ड गरी सामसङ नेपालको आधिकारीक वेवसाइटमा त्यो भिडियो उपलब्ध गराउनुपर्ने प्रावधान तय गरिएको थियो ।

प्रतियोगितामा सहभागी हुनका लागि कम्पनीले डिसेम्वर २० सम्मको समय उपलब्ध गराएको थियो । छनौटमा परेका १० प्रतिस्पर्धीले सामसङ नेपालका तर्फवाट पाँच पाँच हजारभन्दा बढीको गिस्ट ह्याम्पर प्राप्त गरेका छन् ।

त्यस्तै शनिबारको फाइनल राउण्डमा चार सयभन्दा बढी दर्शककाबीच कोरियन संस्कृतिको डान्स गर्ने अवसर पनि पाए । त्यसक्रममा कोरियन संस्कृति झल्काउने किसिमले सहभागी दर्शकले समेत विभिन्न खालका गिफ्ट समेत प्राप्त गरे ।

के पप भनेको दक्षिण कोरियामा लोकप्रिय संगीत विधा हो । यो विधा सन् १९९० पछि सुरु भएको पाइन्छ । हाल कोरियमा मात्र नभई बिश्वभरका नयाँ पुस्तामा के पप लोकप्रिय बन्दै गएको छ ।

Advertisement

Advertisement

Advertisement