माघदेखि विकास बैंक र फाइनान्स कम्पनीलाई पनि गो-एएमएल परिक्षण अनिवार्य

Advertisement

काठमाडौं । माघ १ गतेदेखि बाणिज्य बैंकहरुलाई गो-एएमएल अनिवार्य गरेको नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीहरुलाई परिक्षण अनिवार्य गरेको छ । राष्ट्र बैंकले पुस मसान्तभित्र गो एएमएलमा रजिष्ट्रर भईसक्न र माघ १ गतेदेखि परिक्षणका रुपमा प्रतिवेदन पेश गर्न भनेको हो ।

राष्ट्र बैंकले २०७७ साउन १ गतेदेखि विकास बैंक र फाइनान्स कम्पनीहरुलाई पनि गो एएमएल अनिवार्य गरेको छ । सम्पति शुद्धीकरण निवारणमा आक्रामक काम गरिरहेको राष्ट्र बैंकले पुस मसान्त भित्रै संस्थागत तथा क्षेत्रगत मूल्यांकन प्रतिवेदन सुपरिवेक्षण विभागमा पेश गरिसक्न पनि बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै, जोखिम मूल्यांकनका आधारमा आवश्यक नीति तथा कार्यविधि तर्जुमा गरि समग्र सम्पति शुद्धीकरण निवारण सम्बन्धी कार्यप्रणाली व्यवस्थित गर्ने, जोखिम सापेक्ष ग्राहकहरुको पहिचान, अनुगमन, शंकास्पद कारोबार प्रणालीको व्यवस्था पनि गर्न भनेको छ ।

राष्ट्र बैंक नियमन विभागक प्रमुख देव कुमार ढकालले गो एएमएलको कार्यान्वयनमा कुनै सम्झौता नगर्ने बताए । ‘सन २०२० मा म्युचुअल इभ्यालुएसन हुँदैछ, सम्पति शुद्धीकरण निवारणमा अन्तराष्ट्रिय समुदायसँग गरिएको प्रतिवद्धता पुरा गर्न कुनै कसर बाँकी राख्दैनौं’, नियमन विभाग प्रमुख ढकालले भने ।

बणिज्य बैंकहरुले गो एएमएल कार्यान्वयनमा गरेको तयारीको सुक्ष्म निगरानी भैरहेको पनि जानकारी दिए । ‘सबै बैंकले तयारी सम्पन्न गरिसकेका छन्, यो लामो समयदेखि अघि बढाईएको प्रक्रिया हो, सफल कार्यान्वयन हुन्छ’, ढकालले भने ।

Advertisement

Advertisement

Advertisement