नेकपाको निर्देशन– प्रदेश ३ को नाम वाग्मती राख, हेटौंडालाई राजधानी बनाउ

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश ३ को नाम वाग्मती राख्न र हेटौंडालाई राजधानी बनाउन निर्देशन दिएको छ । नेकपाको सचिवालय बैठकले प्रदेश ३ स्थित आफ्नो पार्टी कमितिलाई उक्त निर्देशन दिएको हो ।

प्रदेशको नाम र राजधानीको निर्णय गर्ने अधिकार प्रदेश संसदलाई भए पनि पार्टी कमिटिमार्फत अप्रत्यक्षरुपमा नेकपाले संसदलाई दबाब दिएको हो । प्रदेशको नाम राख्ने र राजधानी तोक्ने विषय राजनीतिक सहमतिमा गर्नु उत्तम भए पनि नेकपाको ठाडो निर्देशनले यस विषयमा थप विवाद बढ्ने देखिएको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बावालुटारमा बसेको सचिवालय बैठकले सभामुखको उम्मेदवारी र एमसीसीबारे भने कुनै निर्णय गर्न सकेन् । ती दुवै विषयमा पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच तीब्र विवाद रहेको छ ।

Advertisement

Advertisement

Advertisement