सेयर बजारमा गिरावट जारी, कारोबार रकम ४२ करोडमा सीमित

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सेयर बजार ओरालो लागेको छ । आज सेयर बजार परिसुचक नेप्से चार दशमलव ९९ अंकले घटेर एक हजार १६२ दशमलव ४३ कायम भयो भने कारोबार रकम ४२ करोड २४ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अगाडी रहेको छ । जसको कारोबार चार करोड ८४ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । जसको कारोबार तीन करोड ६६ लाख रुपियाँ बराबरको भएको छ ।

यस्तै, आज व्यापारमूल समूहको सूचकमा सात प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने म्युचल फण्ड समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । त्यस्तै, जीवन बीमा समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने अन्य र फाइनान्स समूहको सूचकमा शून्य प्रतिशतभन्दा भेरैको सुधार आएको छ बाँकी सबै समूहको सूचकमा हून्य प्रतिशतभन्दा धेरैको गिरावट आएको छ ।

त्यस्तै, आज धेरै फाइदा खानेमा साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनी नौ दशमलव ९८ प्रतिशतले घाटामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ता रहेका छन् । कम्पनी छ दशमलव ६६ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement