सेञ्चुरीका ग्राहकले ब्लु क्रस अस्पतालमा उपचार गराउँदा १२ प्रतिशतसम्म छुट पाउने

Advertisement

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र त्रिपुरेश्वर, काठमाडौंस्थित ब्लु क्रस अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटी र ब्लु क्रस अस्पतालका कार्यकारी ब्यवस्थापन समितीका सदस्य सचिव रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शेयरधनिहरुले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान,अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जांचमा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement