चेम्बरले प्रदर्शन गर्यो भ्रमण बर्ष २०२० को लोगो अंकित सबैभन्दा ठूलो ब्यानर

Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपाल भ्रमण वर्ष २०२० को लोगो अंकित सबैभन्दा ठूलो व्यानर प्रदर्शन गरेको छ । भ्रमण बर्षको पूर्वसन्ध्यमा चेम्बरले आफ्नो कान्तिपथस्थित कार्यालयमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीमार्फत उक्त व्यानर प्रदर्शन गरेको हो ।

सचिव अधिकारीले यस्ता प्रबद्र्धनात्मक कार्यले अन्य संस्थाहरुलाई पनि प्रेरणा मिल्ने बताए । करीब ३० फिट चौडाई तथा ३० फिट लम्बाईको उक्त व्यानर प्रदर्शनका क्रममा चेम्बरका थुप्रै पदाधिकारी र सदस्यहरु सहभागी थिए ।

चेम्बर अध्यक्ष श्रेष्ठले निजी क्षेत्रले स्वफूर्त प्रबद्र्धनात्मक कार्यमा चेम्बरले मुख्य व्यापारीक एंव काठमाडौंको केन्द्रमा भ्रमण वर्ष २०२० को लोगोसहितको प्रबद्र्धनात्मक सामग्री राख्न पाएकोमा आफूलाई खुशी लागेको बताए । भ्रमण वर्ष २०२० आयोजक समितिका संयोजक सुरज बैद्यले सरकारी निजी क्षेत्रको सहकार्यको रुपमा यस्ता प्रबद्र्धनात्मक कार्यहरुको भ्रमण वर्ष २०२० पूर्णत सफल, प्रभावकारी बनाउन मद्दत पुग्ने बताए ।

Advertisement

Advertisement

Advertisement