माथिल्लो त्रिशुली १, मस्र्याङ्दी बेसी र त्रिशुली ३ बीका लागि झण्डै ८६ अर्ब लगानी स्वीकृत

Advertisement

काठमाडौं । लगानी बोर्डको आइतबार बसेको बैठकले तीन ठूला जलविद्युत परियोजनाका लागि झण्डै ७७ अर्ब रुपियाँ लगानी स्वीकृत गरेको छ । बैठकले माथिल्लो त्रिशुली १ का लागि ६५ अर्ब, मस्र्याङ्दी बेसीका लागि ११ अर्ब ७७ करोड ५४ लाख र त्रिशुली ३बीका लागि आठ अर्ब २२ करोड लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।

विश्व बैंकअन्तर्गतको आईएफसी र कोरियन कम्पनीहरुले ९० प्रतिशत र नेपालीको १० प्रतिशत लगानी रहने माथिल्लो त्रिशुली १ मा लगानी अस्वाभाविकरुपमा बढाइएको भन्दै विरोध पनि भइरहेको छ । कुल २१६ मेगावाटको यो आयोजनामा यसअघि ३५ अर्ब मात्रै लागत अनुमान गरिएकोमा अहिले दोब्बर पुगेको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले अरुण ३ जलविद्युत आयोजनाको छ्याङकुटी–दिदिङ प्रवेश मार्गमा रहेको मुआब्जासम्वन्धमा अध्ययन गर्न गठित समितिलाई प्राविधिकहरुको थप जनशक्ति उपलब्ध गराई दुई महिनाभित्र यथार्थ विवरण पेश गर्नेगरी पुर्नगठन गर्ने निर्णय गरेको छ ।

लगानी बोर्डले गरेका थप निर्णय यस्ता छन्ः

Advertisement

Advertisement

Advertisement