सुविसुको १९औं वार्षिकोत्सवको अवसरमा ‘अफरच्यूनिटी योजना’

Advertisement

काठमाडौं । सुबिसु केबलनेटले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ सुविसु अफरच्युनिटी योजना प्रस्तुत गरेको छ । यस अफर अन्तर्गत इन्टरनेट उपभोक्ताले १ हजार ४० रुपियाँ प्रतिमहिनामा २५ एमबीपीएस इन्टरनेट र फुल एचडी टेलिभिजन प्याकेज प्राप्त गर्नेछन् ।

योजनाअनुसार उपभोक्ताले इन्टरनेट र २ सय ७५ भन्दा बढि च्यानल पाउनेछन् जसमा ९५ भन्दा बढि एचडी च्यानल हुनेछ । यो अफर १५ महिनाको भुक्तानिमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । त्यसैगरी क्लियर टिभी प्याकेज (२ सय ४५ भन्दा बढि च्यानल, ६५ भन्दा बढि एचडी च्यानल) मात्र २ सय २१ रुपियाँमा प्राप्त हुने छ बताइएको छ जसका लागि १४ महिनाको भुक्तानि गर्नु पर्नेछ ।

यसका साथै ग्राहकहरुले दामी म्युजिकको प्रिमियर प्याकेज ३ महिनाका लागि सित्तैमा प्राप्त गर्ने सुबिसुले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । यो प्याकेजमा २० हजार भन्दा बढी नेपाली गीत समावेश छन् । कम्पनीले आफ्नो १९ औं वार्षिकोत्सवको खुसी उपभोक्तामाझसाट्न यो योजना प्रस्तुत गरेको दाबी गरेको छ ।

Advertisement

Advertisement

Advertisement