सातवटा बैंक तथा वित्तीय संस्थाको शेयर मूल्य समायोजन, कुनको कति पुग्यो ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा सूचीकृत ७ बैंक तथा वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । सोमबार ती बैंक तथा वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरिएको हो ।

नेप्सेका अनुसार प्राइम कमर्सियल बैंकको १६ प्रतिशत बोनस शेयर वितरण पछि शेयर मूल्य २४० रुपियाँ ५२ पैसा रहेको छ ।

यता, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस शेयर पछि मूल्य समायोजन भएको हो । अब उक्त वित्तीय संस्थाको शेयर मूल्य २४७.२७ रुपियाँ कायम गरिएको छ ।

यसैगरी साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २७.२५ प्रतिशत बोनस शेयरपछि प्रति कित्ता शेयर मूल्य ७८४ रुपियाँ २८ पैसा रहेको छ ।

त्यस्तै माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत शेयर वितरणपछि मूल्य समायोजन भएको नेप्सेले जनाएको छ । उक्त वित्तीय संस्थाको शेयर मूल्य ७५० रुपियाँ ८३ पैसा कायम भएको छ ।

यसैबीच युनाइटेड फाइनान्स लिमिटेडको पनि ३ प्रतिशत बोनस शेयर वितरण पछि मूल्य समायोजन भएको छ । उक्त संस्थाको प्रति कित्ता शेयर मूल्य १७१ रुपियाँ ८४ पैसा भएको हो ।

नेप्सेका अनुसार जानकी फाइनान्स कम्पनीको पनि मूल्य समायोजन भएको छ । २२ प्रतिशत बोनस शेयर वितरण पछि उक्त संस्थाको शेयर मूल्य प्रतिकित्ता १६३ रुपियाँ ११ पैसा कायम गरिएको छ ।

यता, नेपाल इन्भेष्टमेन्ट बैंकको १०.५० प्रतिशत बोनस शेयर वितरण पछि मूल्य समायोजन गरिएको हो । बैंकको प्रतिकित्ता शेयर मूल्य ३९१ रुपियाँ ८६ पैसा कामय भएको नेप्सेले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement