सेयर बजारमा ५.५३ अंकको सुधार, शिवम् सिमेन्टसको नाफा र कारोबार उच्च

Advertisement

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सेयर बजार ओरालो लागेको छ । आज सेयर बजार परिसुचक नेप्से पाँच दशमलव ५३ अंकले बढेर एक हजार १६७ दशमलव ९५ कायम भयो भने कारोबार रकम ६२ करोड ६३ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अगाडी रहेको छ । जसको कारोबार १० करोड ६ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा शिवम् सिमेन्टस रहेको छ । जसको कारोबार पाँच करोड १६ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, व्यापार मूलक र उत्पादन मूलक समूहको सूचकमा दुई प्रतिशतभन्दा धेरैको सुधार आएको छ । त्यसैगरी म्युचल फण्ड र निर्जीवन बीमा समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने माइक्रोफाइनान्स, अन्य र होटल समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको सूधारले बजारमा हरीयाली छाएको छ । तर, बाँकी रहेका सबै समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको गिरावट आएको छ ।

त्यस्तै, आज धेरै फाइदा खानेमा शिवम् सिमेन्टसका लगानीकर्ता रहेका छन् । कम्पनी पाँच दशमलव ६७ प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा माउण्टेन हाइड्रो नेपालका लगानीकर्ता रहेका छन् । कम्पनी पाँच दशमलव ५५ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement