निजी लगानी प्रवद्र्धन गर्ने सीएनआई र एनबीएबीच समझदारी

Advertisement

काठमाडौँ । नेपाल उद्योग परिसंघ(सीएनआई) र नेपाल बैंकर्स संघ(एनबीए)बीच निजी लगानी प्रर्वद्धन मार्फत आर्थिक विकासमा सहकार्य गर्न समझदारी भएको छ । परिसंघमा सोमबार आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोर र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर समारोहमा परिसंघका अध्यक्ष मोरले समग्र लगानीको वातावरण बनाउन उद्योगी तथा बैंकहरु एक अर्काका परिपूरक भएकाले यो समझदारी महत्वपूर्ण रहेको बताए । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकिङ्ग क्षेत्रमा आएका नयाँ नयाँ व्यवस्थालाई लगानीमैत्री बनाउन आपसी सहकार्यले अर्थ राख्ने बताए ।

दुबै पक्षको क्षमता अभिवृद्धिका लागि संयुक्त रुपमा अध्ययन, अनुसन्धान तथा तालिम कार्यक्रमहरु आयोजना गर्ने र वित्तीय तथा मौद्रिक नीति निर्माणका साथै सम्बन्धित ऐन नियमावलीको परिमार्जनमासाझा हितका विषयमा सरोकारवाहरुसँग संयुक्त रुपमा संवाद तथा छलफल गर्ने समझदारी पत्रमा उल्लेख छ ।

समझदारीपत्रमा हस्ताक्षर समारोहमा परिसंघका पदाधिकारीहरु र बैंकर्स संघका पदाधिकारीहरुको उपस्थिती थियो ।

Advertisement

Advertisement

Advertisement