नयाँ बर्षमा सानिमा बैंकको विशेष योजना, डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क

Advertisement

काठमाडौँ । सानिमा बैंकले नयाँ वर्ष इश्वी सन् २०२० को उपलक्ष्यमा ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ ।

बैंकले आफ्ना नयॉ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवाहरुमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

साथै, ग्राहकहरुले दुवै सुविधा एकैसाथ उपभोग गर्दा रु. १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन् । योजना ३१ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० (पौष १५ देखि १७, २०७६) सम्मका लागि लागू गरिएको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement