धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ढुँगाना, गिरी र श्रेष्ठको नाम सिफारिस

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि भीष्मराज ढुँगाना, निरज गिरी र डा. केशवप्रसाद श्रेष्ठ गरी तीन जनाको नाम सिफारिस भएको छ । उक्त पदका लागि छनौट गर्न बनाइएको समितिले सोमबार अन्तिम तीन जना छनौट गर्दै नियुक्तिका लागि सिफारिस गरेको हो ।

सेबोनको अध्यक्षका लागि आठ जनाले आवेदन पेश गरेकोमा समितिल गत साता पाँच जनाको नाम सर्टलिष्टिङ गरेको थियो । सर्टलिष्टिङमा पर्नेमध्ये डा. नवराज अधिकारी र सीताराम थपलिया प्रक्रियाबाट बाहिरिएका छन् । अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा अर्थमन्त्रालयका राजश्व सचिव शिविरकुमार ढुँगाना र आइक्यानका अध्यक्ष कृष्ण आचार्य सदस्य रहेको छनोट समिति बनाएको थियो ।

तीन जनामध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्ष नियुक्ति गर्नेछ । सेबोन धितोपत्र बजारको नियामक निकाय हो । छनोटमा परेकामध्ये गिरी बोर्डमै कार्यरत कार्यकारी निर्देशक हुन भने ढुँगाना नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । श्रेष्ठको पृष्टभूमि भने अझै खुल्न सकेको छैन् ।

Advertisement

Advertisement

Advertisement