खस्यौलीमा जोखिम हटाउन ‘विद्युतीय कोड’ निर्माण शुरु हुने

Advertisement

खस्यौली । चट्याङ तथा आगलागीको जोखिम हटाउन भवनमा ‘विद्युतीय कोड’ निर्माण शुरु हुने भएको छ । वैशाखमा त्यस्तो कोड ल्याउने गरी तयारी शुरु भएको चट्टयाङविद डा. श्रीराम पौडेलले जानकारी दिए । ‘विद्युतीय कोड’मा चट्याङसम्बन्धी कोड पनि जोडिने छ ।

सो कोडबारे स्थानीय सरकारलाई जानकारी दिएर विभिन्न कार्यक्रमसमेत सञ्चालन हुने जनाइएको छ । ‘चट्याङको जोखिम हटाउनका लागि ठूलो लगानी आवश्यक पर्दैन, भवनमा ‘विद्युतीय कोड’को पहलले पनि ठूलो काम गर्छ’, उनले भने ।

चट्याङविद् डा पौडेलले भवनमा ‘ विद्युतीय कोड’ भए चट्याङको जोखिम घट्ने उल्लेख गर्दै ६० प्रतिशतभन्दा बढी घटना ‘विद्युत् सर्ट’ का कारण हुने बताए । चट्याङको दृष्टिकोणले नेपाल तेस्रो जोखिमयुक्त स्थानमा रहेको बताइएको छ ।

उनले विद्युतीयसंहिता निर्माण गरेर चट्याङ तथा आगलागीका घटना हुन नदिन सचेत हुनुपर्नेमा जोड दिँदै भवनको कोडलाई ‘ विद्युतीय कोड’मा जोड्न सकिन्छ भने ।

घर निर्माण गर्दा नक्सा पास गरे जस्तै वायरिङमा पनि नक्सा पास अनिवार्य भएको र त्यसले घरको वायरिङ प्रणालीलाई व्यवस्थित गर्ने बताइएको छ । चट्याङका कारण नेपालका ४० प्रतिशत जङ्गलमा आगलागी हुने गरेको छ ।

चट्याङविद् डा पौडेलले प्रदेश नं ५ पनि चट्याङको जोखिममा रहेको औँल्याए । नेपालको सबैभन्दा बढी चट्याङ झापा र चुरे क्षेत्रमा पर्ने गरेको बताइएको छ । विसं २०६८ देखि ०७५ सम्म चट्याङका कारण ११० जनाको मृत्यु भएको थियो ।

Advertisement

Advertisement

Advertisement