एनसेलको नयाँ वर्ष अफर, डेटा प्याकमा ५० प्रतिशत छुट

Advertisement

काठमाडौं । सन् २०२० को पहिलो दिन जनवरी १, आफ्ना ग्राहकका लागि विशेष दिन हुने एनसेलले जनाएको छ । यो दिन ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

एनसेल प्रालीले नयाँ वर्ष २०२० को अवसरमा ल्याएको आकर्षक अफरअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ जिबी मासिक डेटा प्याकको मजा लिन सक्नेछन् ।

यो अफर भोलि बुधबारदेखि लागू भई २४ घण्टाको लागि मान्य रहने छ । एनसेलका ग्राहकले बुधबार बिहान १२ बजेदेखि मध्यरात ११.५९ सम्ममा ५० प्रतिशत छुटमा यी दुई वटा मासिक डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

यो योजनाअन्तर्गत ग्राहकले करसहित एक हजार २० रुपियाँ २४ पैसा पर्ने १६ जिबी प्याक करसहित मात्र ५१० सय १२ पैसामा सुचारु गर्न सक्नेछन् । त्यस्तै, यही योजनाअन्तर्गत ग्राहकले करसहित ४५३ रुपियाँ ३० पैसा पर्ने मासिक ६ जिबी (३ जिबी+३ जिबी फोरजी डेटा) डेटा प्याक करसहित मात्र २२६ रुपियाँ ६५ पैसामा सुचारु गर्न सक्नेछन् ।

ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स५०ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement