माछापुच्छ्रे बैंकको नयाँ वर्ष अफरः डेबिट/क्रेडिट कार्ड प्रयोग गरि अनलाईनबाट सपिङ गर्दा पैसा फिर्ता पाइने

,   १६ पुष २०७६, बुधबार, ११:०५ am   
heli

काठमाडौं । माछापुच्छ्रे बैंकले अंग्रेजी नयाँबर्ष २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरि डेबिट तथा क्रेडिट कार्डमा ५०० रुपियाँ सम्मको क्यास व्याक अफर ल्याएको छ । बैंकले विभिन्न इकमर्स साईटहरुबाट डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि विभिन्न बस्तु तथा सेवा खरिद गर्दा ५०० रुपियाँ क्यास व्याक दिने भएको हो ।

अंग्रेजी नयाँ वर्ष २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित क्यास ब्याक अफर गरि उक्त अफर दिने भएको हो । बैंकले नेपालभित्र बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि विभिन्न बस्तु तथा सेवा खरिद गर्दा ५०० क्यास व्याक दिने योजना सार्वजनिक गरेको हो । उक्त योजनाअनुसार ग्राहकले बैंकको कार्ड प्रयोग गरि पिओएस मेसिनमा कम्तीमा ५०० रुपियाँ बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार गरेपछि ५०० रुपियाँ फिर्ता पाउनेछन् ।

त्यस्तै गरी विभिन्न इकमर्स साईटहरु जस्तै दराज, सस्तो डिल, रिचार्जर, ईसेवा पसल लगायतका अनलाईन सपिङ्ग साईटहरुबाट सामान खरिद गर्दा कम्तीमा ५०० रुपियाँ बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार कार्डबाट भुक्तानी गरि, प्रत्येक महिना ५०० रुपियाँ क्यास व्याक सुविधा प्राप्त गर्न सकिने छ । माछापुच्छ्रे बैंकले भिषाको सहकार्यमा २०२० जनवरी र फेब्रवरी महिनाको लागि उक्त अफर संचालनमा ल्याएको हो ।

बैंकले हालसम्म १४५ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जालतथा १७८ वटा एटीएमहरु तथा १हजार भन्दा बढि पिओएस मार्फत बैंकिङ सुबिधा प्रदान गर्दै आएको छ ।