हिमालयन जनरल इन्स्योरेन्सद्वारा १०.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

Advertisement

काठमाडौँ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५.५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको नायब महाप्रबन्धक ध्रुवप्रसाद न्यौपानेले जनाएका छन् ।

इन्स्योरेन्सको हाल कायम चुक्ता पूँजी १ अर्ब २ करोड ७२ लाख रहेको छ । सञ्चालक समितिले ५ करोड ६४ लाख ९६ हजार नगद लाभांश र ५ करोड १३ लाख ६० हजार रुपियाँ बराबरको बोनस शेयर प्रस्ताव गरेको हो ।

बीमा समितिबाट स्वीकृति र संस्थाको आगामी २६औँ वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिने नायब महाप्रबन्धक न्यौपानेले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement