शिवम् सिमेन्टको विज्ञ सल्लाहकार पदबाट सतिसकुमार मोरले दिएको राजीनामा स्वीकृत

Advertisement

काठमाडौँ । शिवम् सिमेन्टका विज्ञ सल्लाहकार सतिसकुमार मोरले उक्त पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

विज्ञ सल्लाहकार मोरले पुस ११ गते आफ्नो व्यक्तिगत र व्यवसायिक कार्य व्यस्तताको कारण समेत उल्लेख गरी राजीनामा दिएका थिए ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले विज्ञ सल्लाहकारबाट मोरले दिएको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव लेखनाथ अर्यालले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement