कुमारी बैंकको २१औं शाखारहित बैंकिङ सेवा कास्कीको छोम्रोंगमा

Advertisement

काठमाडौं । कुमारी बैंकले कास्कीमा २१औं शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । कुमारी बैंकले अन्नपूर्ण– ११, छोम्रोंगबाट शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । तमु ल्होसारको अवसरमा उक्त शाखा रहित बैंकिङ सेवाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका हुन् ।

उद्घाटन समारोहमा शाखा रहित बैंकिङ सेवाका अभिकर्ता– मिकाश गुरुङ, गण्डकी प्रदेशका सांसद–राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको हो ।

बैंकले कास्की जिल्लामा ३ शाखाहरु–पोखरा लेकसाइड तथा बिरौटा शाखा मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकले ग्राहकको माग तथा आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी उल्लेखित स्थानमा शाखा रहित बैंकिङ सेवा सुरु गरेको बिरौटा शाखाका शाखा प्रबन्धक महेश ढुंगानाले बताए ।

बैंकले यो भन्दा अगाडि नै अन्नपूर्ण बेसक्याम्प भ्रमण गर्ने पर्यटकको सुविधालाई मध्यनजर गर्दै सो क्षेत्रका विभिन्न होटेलमा १५ थान पीओएस मेसिन पनि जडान गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement