नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ (फोटो फिचर)

Advertisement

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ भएको छ । सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य राखिएको भ्रमण बर्षको उद्घाटन कार्यक्रम अहिले दशरथ रंगशालामा आयोजना गरियो भने मोफसलमा पनि विभिन्न कार्यक्रम गरी भ्रमण बर्ष शुभारम्भ गरियो । काठमाडौंको दशरथ रंगशालामा आयोजित भ्रमण बर्ष विशेष कार्यक्रमको उदघाटन् राष्ट्रपति विद्या भण्डारी गरिन् । सो अवसरमा राष्ट्रपति भण्डारी, पर्यटनमन्त्री योगेश भट्टराईले सम्बोधन गरेका थिए । सरकारले भ्रमण बर्ष २०२० लाई राष्ट्रिय पर्वको रुपमा मनाउने बताउँदै यसलाई सफल बनाउन सबै पक्षलाई आग्रह गर्दै आएको छ ।

Advertisement

उदघाटन कार्यक्रममा प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीस, उपराष्ट्रपति, सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरु, विभिन्न देशका पर्यटनमन्त्रीहरु, विदेशी नियोगका प्रमुख एवं प्रतिनिधि, निजी क्षेत्रका अगुवाहरु, विदेशी पत्रकारहलगायतको सहभागिता रहेको छ ।
पाँच देशका पर्यटनमन्त्री, १८ देशबाट ३५ वटा विदेशी सञ्चारमाध्यका प्रतिनिधि सहभागी भएको उद्घाटन कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति तथा नेपाली कलाकारको सांगीतिक प्रस्तुति गरेका थिए ।

Advertisement

Advertisement