त्रियासी हजार घुस लिने सामान्य प्रशासन मन्त्रालयका खरिदार बिरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौँ । ८३ हजार घुस लिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार काठमाडौंमा कार्यरत खरिदार त्रिलोचना पोखरेल बिरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौमा उनी बिरुद्ध मुद्दा दायर गरेको हो ।

खरिदार पोखरेलले किर्ते दस्तखत गरी मिटिङ माइन्युट, बैठक भत्ता तथा विभिन्न ५ वटा सडकहरुको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गरी उक्त प्रतिवेदन स्वीकृतसमेत गरी पत्राचार गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।

उक्त उजुरी माथि छानबीन हुँदा पोखरेलले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्ने क्रममा किर्ते मिटिङ माइन्युट र बैठक भत्ता बुझेको भरपाई तथा स्वीकृतिपत्र तयार गरेको साथै बैठक भत्तावापत भनी झुठ्ठा व्यहोराको भरपाई बनाई सो कार्य गरिदिए वापत सेवाग्राहीबाट ८३ हजार घुस लिएको पुष्टी भएपछि मुद्दा दर्ता गरिएको आयोगनका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

राष्ट्रसेवक कर्मचारीले मन्त्रालय तथा मन्त्रालयका कर्मचारीहरुलाई हानी पुर्‍याउने बदनियतले उक्त गलत लिखत तयार गरी अनधिकृत रुपमा घुस लिएको हुँदा निज पोखरेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ९ बमोजिमको समेत कसुर अपराध गरेको पुष्टि हुन आएकोले निजलाई घुसको बिगो त्रियासी हजार रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) र सोही ऐनको दफा ९ बमोजिम सजाय हुन र बिगो रकम निजबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन समेत मागदाबी लिई आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement