आयल निगमले फेरि इन्धनको मूल्य बढायो

Advertisement

काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । बुधबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपियाँको दरले बढाएको हो ।

अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १०० रुपियाँ पुगेको छ । केही समयअघि मात्रै पनि निगमले मूल्य बढाएको थियो । अंग्रेजी महिनाको हरेक १ र १६ तारिखमा भारतीय आयल कर्पोरेशनले पठाउने मूल्यसुचीका आधारमा नेपाल मूल्य समायोजन गर्ने गरेको नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार भाउअनुसार मूल्य बढेर आएकाले मूल्य समायोजन गर्नुपरेको बताएको छ ।

हवाई ईन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य भने यथावत कायम राखिएको छ । यो मूल्य समायोजनपछि नेपालतर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य १८ रुपियाँ ६७ पैसा प्रतिलिटरले सस्तो र डिजेलको खुद्रा बिक्री मूल्य १८ रुपियाँ २७ पैसा प्रतिलिटरले नेपालतर्फ सस्तो भएको निगमले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement