पीपीएलका उत्कृष्ट खेलाडीहरुलाई टीभीएस अपाचे बाइक हस्तान्तरण

Advertisement

काठमाडौँ । नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरुमध्येको एक सर्वाधिक चासो रहेको प्रतियोगिता पीपीएल सम्पन्न भएको छ । नेपालभित्र खेलाइने यसप्रकारका प्रतियोगिताहरुलाई प्रवद्र्धन गर्ने उद्देश्य जगदम्बा मोटर्स प्रालिले लिंदै आएको छ । सोही उद्देश्य अनुरुप क्वीन्स इभेन्टको आयोजना रहेको पिपिएलमा पनि टिभिएस अपाचेको साथ जगदम्बा मोटर्स प्रालि जोडिएको थियो ।

उक्त प्रतियोगिताको एक महत्वपूर्ण प्रायोजक रहेको टिभिएस अपाचेले प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडीहरुलाई टिभिएस अपाचे बाइकद्वारा पुरस्कृत गर्ने घोषणा गरे बमोजिम प्रतियोगितामा उत्कृष्ट साबित भएका ३ जना क्रिकेट खेलाडीहरुलाई उक्त पुरस्कार प्रदान गरिएको छ ।

कम्पनीका उपाध्यक्ष दीपक अग्रवालको उपस्थितिमा बाइकहरु सम्बद्ध खेलाडीलाई प्रदान गरिएको थियो । जस अनुसार प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, म्यान अफ दी सिरिज रोहन मुस्तफा र उत्कृष्ट बलर करण केसीलाई एक–एकवटा टिभिएस अपाचे आरटीआर२००फोर भी, अपाचे १६०फोर भी र अपाचे १६० टु भी प्रदान गरिएको हो ।

उत्ृकष्ट खेलाडीहरुलाई पुरस्कार हस्तान्तरण गरेपछि जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष अग्रवालले पिपिएलका उत्कृष्ट खेलाडीहरुलाई तथा विजेता टिमलाई बधाई दिंदै आगामी दिनमा पनि यस्तै सफलताको कामना गरे । पोखरामा सम्पन्न पिपिएल प्रतियोगिताको दोस्रो संस्करणमा टिभिएस अपाचे बाइक पावर्डतर्फको प्रायोजक रहेको थियो ।

Advertisement

Advertisement

Advertisement