सनराइज बैंकका ग्राहकले होटल संग्रीलामा १५ प्रतिशतसम्मको छुट पाउने

Advertisement

काठमाडौं । सनराइज बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले होटल संग्रीलासँग सम्झौता गरेको छ । आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको जनाएको छ ।

सनराइज बैंक तथा होटल संग्रीलाबीच बैंकका ग्राहकहरुलाई होटल संग्रीलाको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरुले फूड, वेभरेज, वेकरी, साउना, स्विमिङ जस्ता सुविधाको भुक्तानी गर्दा सनराइज बैंकको क्रेडिट तथा डेविट कार्ड देखाएर वा कार्ड मार्पmत भुक्तानी गरेर १५ प्रतिशत सम्मको छुट लिन सक्नेछन् । यो सुविधा यस बैंकका ग्राहकहरुले २०७७ साल पौष १५ सम्म उपयोग गर्न सक्ने छन् ।

Advertisement

Advertisement

Advertisement